‘प्याडम्यान’को दुई दिने कमाई सार्वजनिक

‘प्याडम्यान’को दुई दिने कमाई सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अक्षय कुमार स्टारर सिनेमा ‘प्याडम्यान’ले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ । शुक्रबार १० करोड २६ लाख नेट कारोबार गरेको सिनेमाको कलेक्सन शनिबार वृद्दी भएको छ ।

ट्रेड एनलिस्ट तरण आदर्शका अनुसार दोस्रो दिन ‘प्याडम्यान’ले भारतबाट मात्रै १३ करोड ६८ लाख नेट कमाएको छ । ६० करोड माथिको बजेटमा निर्मित सिनेमाको दुई दिने कलेक्सन २३ करोड ९४ लाख पुगेको छ ।

दर्शक र समिक्षकबाट पाएको सकारात्मक प्रतिक्रियाले आइतबारे कलेक्सनमा छलाङ लाग्ने अनुमान गरिएको छ ।

आर बल्की निर्देशित बायोग्राफीकल कमेडी ड्रामामा अक्षयका अलावा राधिका अप्टे र सोनम कपूरको मुख्य भूमिका छ । सिनेमामा अमिताभ बच्चनको केमियो पनि रहेको छ ।