‘ओ म्याक्स’ हल हेटौंडामा आगलागी (फोटो फिचर)

‘ओ म्याक्स’ हल हेटौंडामा आगलागी (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – हेटौंडामा नेपाल चलचित्र संघका तृतीय उपाध्यक्ष नरेन्द्र मर्हजनले सञ्चालन गरेको ओ म्याक्स हलमा आगलागी भएको छ । बुधबार बिहान करिब १० बजे तिर बिजुली सट भएको आगो लागेको हो । नरेन्द्र मर्हजन पुर्व बिकाश बोर्ड सदस्य, एफडी कम्पनीका अध्यक्ष समेत हुन । उनले लुट, लुट २, संरक्षण लगायतका सिनेमा निर्माण गरिसकेका छन् । एक्कासी विधुत सट भएर आगो लागेपछि अनुमानित दुई करोड बराबरको क्षती भएको छ ।

उक्त हलमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ चलिरहेको थियो । आज बिहानबाट हल संचालनमा नरहेकाले कुनै मानवीय क्षती भने नभएको हेटौडा प्रहरीले बताएको छ । आगलागीबाट हलको भित्रि भागमा पूर्ण रुपमा क्षती पुगेको छ । हलमा लागेको आगो निभाउन हेटौडामा रहेको दमकलले मात्र नसकेपछि अमलेखगन्जबाट दमकल मगाइएको छ । दमकल आइपुगेको र आगो निभाएको हेटौडा प्रहरीले जनाएको छ ।