प्रोडक्सन हाउस लन्च गरिन् निताले, अब निर्मात्री बन्ने

प्रोडक्सन हाउस लन्च गरिन् निताले, अब निर्मात्री बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री निता ढुंगाना अब निर्मात्री बन्ने भएकी छन् । केहि महिनामै सिनेमा निर्माण गर्ने सोच बनाएकी निताले विहिबार आफ्नो प्रोडक्सन हाउस लन्च गरिन् ।

आफ्नो जन्मदीनको अवसर पारेर निताले निर्माण कम्पनी ‘निता फिल्मस् प्रोडक्सन लन्च गरेकी हुन् । आफ्ना सर्कलका सिनेकर्मी र मिडियाकर्मी बीच केक काटेकी निताले चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी कोषमा २० हजार सहयोग समेत गरिन् ।

निताको जन्मदीनमा झरना, थापा, अनु शाह, सुरविना कार्की, सम्पदा बानियाँ, गोविन्द राई, दिनेश राउत, मिलन चाम्स, सुवाश गिरी लगायतका सिनेकर्मीको उपस्थिति रह्यो । २५ औं बसन्तमा लागेकी नितालाई ‘द सिनेमा टाइम्स’ परिवारको तर्फबाट हार्दिक शुभकामना !