‘निर्जला’को पहिलो गीत रिलिज

‘निर्जला’को पहिलो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज १९ गतेबाट रिलिज हुने सिनेमा ‘निर्जला’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मालाई फिचर्ड गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि निर्जलाको ‘भाले मोटर’ बोलको गीत रिलिज गरिएको छ ।

राजुगिरीले निर्देशन गरेको सिनेमाका निर्माता तथा प्रस्तुतकर्ता प्रकाश चन्द्र न्यौपाने हुन् ।   सिनमामा बाबुल गिरीको संगीत, बाबुल गिरी, दिनेश सुवेदी र राम रुवालीको शब्द रहेको छ ।

सोझी गाउँले युवतीको सोच, सपना र संघर्षको कथामा निर्माण भएको सिनेमामा लभ, कमेडी र एक्सन समावेश गरिएको छ । ‘निर्जला’मा शुभेच्छम थापाको कथा, रवि कोइरालाको छायांकन, अशोक खड्काको द्धन्द्ध, कमल राई, क्रान्ति केसीको नृत्य निर्देशक, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

सिनेमामा किशोर खतिवडा, शुभेच्छा थापा र निम शर्माका अलवा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल, बालकलाकार सागर गिरी लगायतका कलाकारको अभिनय छ ।