‘निर्भय’ ट्रेलरमा निखिलको यस्तो एक्सन (भिडियो)

‘निर्भय’ ट्रेलरमा निखिलको यस्तो एक्सन (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’को ट्रेलर रिलिज भएको छ । चैत्र ११ मा रिलिज हुन लागेको फिल्मको आइतबार ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलर पुर्णतः एक्सनप्रधान छ । जहाँ राष्ट्रसेवक नेपाल प्रहरीको भूमिकामा देखिएका निखिलले केहि भिन्न र नेपाली फिल्ममा दुर्लभ लाग्ने प्रकारका एक्सन दृश्य दिएका छन् । ट्रेलरमा निखिलसँगै लिड अभिनेत्री नीता ढुङ्गाना, प्रज्वल गिरी, विकास चापागाईं, सुशिल पोखरेल लगायत फिचरिङमा छन् । २ मिनेट लामो ट्रेलरमा रिलिज भइनसकेको गीत ‘मेरो हर सास’मा लाई पनि प्राथमिकता दिईएको छ । मधुसुदन भट्टराई निर्देशित फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको फिल्ममा संगीत ताराप्रकाश लिम्बु र अर्जुन पोखरेलको छ ।रामशरण उप्रेतीले खिचेको फिल्मलाइ यम थापाले लेखेका हुन्