निकिता पौडेल: चलचित्र विकाश वोर्डको लागि योग्य उम्मेदवार हुन्

निकिता पौडेल: चलचित्र विकाश वोर्डको लागि योग्य उम्मेदवार हुन्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दशैं अगाडी नेपाल चलचित्र विकाश बोर्डले नयाँ अध्यक्ष पाउँदैछ । अध्यक्ष पदका लागि १२ उम्मेदवार उम्मेद्वारी दिएका छन् । र, चुनाव अन्तर्गत शनिबार अन्तर्वार्ता राखिएको छ ।पछिल्लो समय चलचित्र विकाश बोर्ड अध्यक्षका लागि संचार मन्त्रालयले स्नातक उत्रिन्न लगायतका सर्त ल्याएको छ । अनुभवी, शैक्षिक योग्यता, प्यासन र चलचित्र क्षेत्रका लागि केहि गर्न सक्ने बोल्ड नेतृत्वका लागि चलचित्रकर्मीले राम्रो व्यक्तित्व छनोट गर्न आवश्यक छ ।

अध्यक्ष पदका लागि युवा सिनेकर्मी निकिता पौडेलले पनि आवश्यक प्रमाणपत्र र कार्ययोजनासहित उम्मेद्वारी दर्ता गराएकी छन् । निकिता चलचित्र विकाश बोर्डको अध्यक्षका लागि योग्य आवेदक हुन् ।
को हुन् निकिता पौडेल ?


नेपाली चलचित्रका निर्माता तथा गोपीकृष्ण हलका संचालक र अध्यक्ष उद्धव पौड्याल । जो विगत ४६ बर्ष देखि अनवरतरुपमा नेपाली चलचित्र क्षेत्रममा आफ्नो कर्म गर्दै यही क्षेत्र प्रति समर्पित रहनु भएको यहाँहरुमा अवगत नै छ । अहिले आएर उद्धव पौड्यालले आफ्नो कर्म र कार्यभार आफ्ना सन्तानलाई सुम्पीदै आफ्ना यात्रा राजनीति तीर थाल्नु भएको छ । र, उहाँको सपुत्री नीकिता पौडेल जो हरेक तबरबाट चलचित्र विकास बोर्डको अध्यक्ष पदको निम्ती निस्कीएको संचार मन्त्रालयको सुचना बमोजिम उत्कृष्ट ठहरिएकी छन । तर, आफ्ना सीमित स्वार्थ पुर्तिका निम्ती केही व्यक्तीहरु नीकिता पौडेल र उनका पिता उद्धव पौड्यालले चलचित्र क्षेत्रको विकास, सम्र्वद्धन र प्रर्वद्धनमा पुर्याउनु भएको योगदानको मूल्याकंन गर्नुको सट्टा राजनीतिक बखेडा झिकीरहेका छन । पौडेल परिवारले नेपाली चलचित्र क्षेत्र प्रति दिएको समय र योगदानलाई भुल्दै अनेक थरी लाञ्छना लगाएर बोर्ड अध्यक्षका उत्कृष्ट नेतृत्वलाई हतोत्साहित गर्दैछन ।

स्मरण रहोस : नेपाली चलचित्र जगतको पहिलो स्वर्ण जयन्ती बनाउँन सफल चलचित्र कुसुमे रुमालका निर्माता उद्धव पौड्याल हुन । नोपली चलचित्रकर्मीहरुको संरक्षण र नेपाली चलचित्रको विकासका निम्ती चलचित्र विकास बोर्डको अवधारण ल्याउँने परिकल्पना (२०५१/५२) पौडेलकै हो । तत्कालिन संचार मन्त्री श्री जयप्रकाश गुप्ता ज्यू हुनुहुन्थ्यो ।

नेपाली चलचित्रमा लाग्नु भएका सम्पुर्ण व्यक्तीहरुले यी यावत कुराहरुलाई सम्झन आवश्यक छ जस्तो लाग्छ । र नीकिता पौडेल आफैमा योग्य व्यक्ति हुन । जो संचार मन्त्रालयको खुल्ला प्रतिस्पर्धा उत्रने पूर्ण दक्ष व्यक्ति हुन । चलचित्रको निर्माण, टेलिभिजन(टि.भि.फिल्मी, मनै देखि फिल्मी) संचालन गर्दै आएको व्यक्तिलाई उनको पिताको राजनीतिक पार्टीको कारण देखाएर हाल सरकारमा रहेका विभिन्न शक्ती केन्द्रमा धाउँन र पैसा बुझाउँन आवश्यक नै छैन ।

यस्ता छन् निकिताका एजेन्डा:-

उनले आफु नेतृत्वमा आए अल्पकालीन र दीर्घकालीन रुपमा कार्यन्वयन गर्न मिल्ने खालका एजेन्डा अघि सारेकी छन् । पहिलो चरणमा सिनेमा क्षेत्रमा संलग्न सबैसँग छलफल चलाउने, बक्सअफिस लागु गर्ने, सरकारी राजदूतावासमा सिनेमा दुत नियुक्त गर्ने लगायतका तत्कालिन एजेन्डा छन् । नेपाली सिनेमालाई अन्तर्राष्ट्रियस्तरको उद्योगको रुपमा विकाश गर्ने दीर्घकालीन उधेश्य र सामाजिक जीवनस्तरमा उन्नति गर्ने लक्ष्य पनि उनले लिएकी छन् ।

अर्को प्रमुख कुरा उनले घरेलु सिनेमाको मुख्य थ्रेटलाई सुधार्ने योजना बनाएकी छन् । त्यो भनेको सिनेमाको लेख्य संरचना (पटकथा)मा सुधार ल्याउँन विश्वस्तरीय नेपाली साहित्यलाई एडप्टेसन गर्ने र निर्मातासँग समन्वय गरि क्षमतालाई प्रवेश गराउने उद्येश्य छ । अहिलेसम्मका अध्यक्षले सिनेमाको हार्डवेयर संरचनामा मात्र सुधार ल्याउन पहल गरेका थिए । पटकथालाई सिनेमाको आत्मा मानिन्छ ।

नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय महोत्सवमा प्रतिस्प्रधी तुल्याउने, आदिवासी, जनजाती, मातृभाषी र क्षेत्रिय सिनेमा प्रवर्द्धन गर्ने उनको योजना छ । चलचित्र विकाश वोर्डले फिचर र त्यसमा पनि नेपाली भाषीलाई मात्रै सिनेमा ठान्ने मनोविज्ञान उनले त्याग्न खोजेकी छन् । मुलुक संघियतामा प्रवेश गरेपछी बदलिएको संरचनाअनुसार निकिता अघि बढ्न खोजेको देखिन्छ ।
त्यसैले नेपाल चलचित्र विकाश बोर्डको अध्यक्ष पदका लागि निकिता एकदमै योग्य उम्मेदवार हुन् ।