बलिउड कलाकारसंग निखिलको ‘कमिटमेन्ट’

बलिउड कलाकारसंग निखिलको ‘कमिटमेन्ट’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अन्तत: अभिनेता निखिल उप्रेतीले निर्देशन गर्ने दोस्रो फिल्मको घोषणा गरिएको छ । सिनेनगरीबाट केहि समय बाहिरिएका निखिलले दोस्रो चरणको करियरमा अभिनयसंगै निर्माण र निर्देशनलाई पनी आत्मसाथ गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आफ्नै निर्देशन बन्ने ‘कमिटमेन्ट: सिख्टी हावर्स’को बारेमा मिडियालाई जानकारी दिए । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्टुमेन्ट्सको लगानीमा निर्माण हुने फिल्मको लागत ३ करोडमाथि रहने अभिनेता उप्रेतीको भनाई छ । निखिलले फिल्मको एक्सन खिच्नका लागि मात्र १ करोड बजेट लाग्ने बताए । उनले, अमेरिका, थाइल्याण्ड, सिंगापुर, भारत र नेपालमा फिल्मको छायांकन हुने जानकारी समेत दिएका छन् ।

यो फिल्ममा ७० प्रतिशत हिन्दी भाषा, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा प्रयोग हुनेछ । निखिलले पत्रकार सम्मेलनमा भने-‘१ करोड त एक्सन खिच्न मात्र खर्च हुनेछ । बाँकी मैले बलिउडका चर्चित कलाकारहरुलाई लिएर काम गर्दैछु । उहाँहरुले यो फिल्ममा काम गर्न मान्नुको एउटै मात्र कारण हो, कथावस्तु ।’ उनले भने-‘कुनै एक व्यक्तिलाई मुम्बइबाट रेस्क्यू गरेर नेपाल ल्याउनका लागि एक व्यक्तिले ६० घन्टाको प्रतिवद्धता गरेको हुन्छ, सोही कथामा फिल्म बन्नेछ ।’

यो फिल्ममा बलिउडका ख्याती प्राप्त कलाकारहरु रञ्जित, सयाजी सिन्दे, अनन्त जोग, अली जफर, नन्सीको मुख्य भूमिका रहनेछ । जुनबाट यो फिल्मको छायांकन सुरु हुने निखिलले बताएका छन् । फिल्मको लिड अभिनेत्री फाइनल गरिएको छैन । फिल्ममा निखिलको साथमा क्याप्टेन विजय लामाको पनि मुख्य भूमिका रहनेछ ।