अभिनेतामय एनएफडिसी अवार्ड (फोटोफिचर)

अभिनेतामय एनएफडिसी अवार्ड (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बिहिबार सम्पन्न छैटौं संस्करणको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ भलै वर्षाले पूर्ण प्रभावित बन्यो ।

जसोतसो आयोजकले अवार्ड बाँडेरै छोड्यो । अवार्डको विशेष रंग त त्यतिबेला छायो, जतिबेला सिनेमा क्षेत्रका चार चकलेटी अनुहार ब्लु कार्पेट नाप्न पुगे । यो यस्तो अवार्ड थियो जहाँ अभिनेता धेरै अभिनेत्री कम पुगे । प्राय: अवार्ड समारोह अभिनेत्रीको ड्रेसअपले आकर्षक बनाउछ । तर, यसपटकको एनएफडिसी अभिनेताको आगमनले हेर्न लायक बन्यो ।

उत्कृष्ट अभिनेताको मनोनयनमा परेका पाँच मध्ये चार अभिनेता अवार्डमा उपस्थित थिए । ‘तान्द्रो’बाट मनोनित भएका दयाहाङ राई समारोहमा नपुग्दा ‘मंगलम’बाट पुष्प खड्का, ‘लिलिबिली’बाट प्रदीप खड्का, ‘म यस्तो गीत गाउँछु’बाट पल शाह र ‘कृ’बाट अनमोल केसी उपस्थित हुँदा मिडियाको केन्द्रमा रहे ।

त्यस्तै अन्य अभिनेताद्वय भुवन केसी, रमेश उप्रेती, प्रशान्त ताम्राकार, सलोन बस्नेत, आमेश भण्डारी, सरुक ताम्राकार, अनुपबिक्रम शाही, आशिरमान देशराज जोशी लगायतका अभिनेता अवार्डमा उपस्थित हुँदा अभिनेत्रीबाट निरुता सिंह, बेनिशा हमाल, आँचल शर्मा र परमिता राज्यलक्ष्मी राणा मात्र देखा परे ।

तस्विर: कुशल घतानी राई