नेपालमा छायाँकन गरियो भारतीय गायिका आकांक्षाको गीत !

नेपालमा छायाँकन गरियो भारतीय गायिका आकांक्षाको गीत !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडकी प्लेब्याक सिङ्गर आकांक्षा शर्माको नयाँ गीत नेपालमा छायाँकन गरिएको छ । उनले एल्बमको लागि गाएको सिङ्गल ट्रयाकको छायाँकन नेपालको रमणीय दृश्यमा गरिएको हो । गीतमा नेपाली टेक्निसियन र मोडलकै प्रयोग गरिएको छ । गीतमा समिम खान र सृष्टि खड्का फिचर्ड छन् भने यसको छायाँकनको क्रममा आकांक्षा नेपाल आएकी थिइन् ।

‘नेपालमा मलाइ एकदमै मन पर्यो , यो प्राकृतिक रुपमै रमणीय छ’ उनले पत्रकारसँग भेटघाट गर्दै भनिन् ‘नेपालबाट मिठो याद बोकेर जादैछु ।’ उनले बलिउडमा रुस्तम सिनेमाको तेरेसँग यारा र ढल जाउ मै , गोल्ड सिनेमाको नैनो ने बाँधी , शादीमे जरुर आना सिनेमाको जोगी , अन्धाधुन्ध सिनेमाको आपसे मिल्के अच्छा लगा लगायतका गीत गाएकी छिन । भिडियोमा फिचर्ड मोडल समीमले पनि आफुले अभिनय गर्दा पाउदा खुसि लागेको व्यक्त गरे ।

‘निकै खुसि छु आकांक्षाजीको गीतमा फिचर्ड हुन् पाए’ उनले भेटघाटको क्रममा भने ‘गीत राम्रो बनेको छ , सबैलाई मन पर्छ भन्ने लागेको छ ।’ साथै उक्त अवसरमा अलगोल सिनेमा मुम्बई र ओशो अम्रपाली इन्टरटेनमेन्ट , काठमाण्डौले आउदा दिनमा संयुक्त रुपमा काम गर्ने समेत जनाइयो ।

‘हामी आउदा दिनमा अन्यकामहरु पनि संगै गर्दैछौ’ अलगोलका राजन जैनले बताए । उनले आफुले सिनेमा ‘फागु’ मार्फत नेपाली सिनेमामा प्रवेश गरिसेको समेत बताए । ‘हामी केहि गर्न चाहन्छौ , सिनेमानगरीमा पनि’ जैन भन्छन ‘पछिल्लो समय सबै मिलिरहेको छ , हामी चाडै केहि घोषणा गर्दैछौ ।’ कार्यक्रमलाई बाबुराम दाहालले संयोजन गरेका थिए ।