क्रिसमसमा सलमान र रनवीरको रिल लडाँई, कस्ले मार्ला बाजी ?

क्रिसमसमा सलमान र रनवीरको रिल लडाँई, कस्ले मार्ला बाजी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वर्ष २०१९ को क्रिसमसमा रिलिज दुई सिनेमाको भिडन्तले अहिले बलिउडमा तरङ्ग पैदा गरेको छ । यो डेटमा बलिउडका दुई ठुला स्टारका सिनेमा रिलिज हुँदैछन् । ती सिनेमा हुन बलिउड सुपरस्टार सलमान खान अभिनित ‘किक २’ र चक्लेटी नायक रनवीर कपुर अभिनीत ‘ब्रह्मास्त्र’ । जसले गर्दा अहिले बलिउडमा मात्रै होइन सलमान र रनवीरका फ्यान माझपनि यो खबरले तरङ्ग ल्याएको छ ।

आयन मुखर्जीको निर्देशनमा तयार भएको सिनेमाको सम्पुर्ण छायांकन सकिएको छ । भने ‘किक २’को अझै छायांकन सुरु भएको छैन् । यो सिनेमाको पहिले रिलिज डेट १५ अगस्टलाई तोकिएको थियो, तर अहिले निर्माता करण जोहरले सिनेमाको पोस्टर रिलिज गर्दै ‘बह्मास्त्र’को रिलिज डेट पोष्टपोन्ड भएको जानकारी दिएका छन् ।

यहि डेटमा रिलिज हुने भनिएको सिनेमा ‘किक २’को रिलिज डेट भने पहिले नै फाइनल गरिएको थियो । यो सिनेमामा रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, साउथ सुपरस्टार नागार्जुन, मौनी राय लगायतका कलाकारको अभिनय छ ।

क्रिसमसमा रिलिज हुने अर्को सिनेमा ‘किक २’मा भने मुख्य अभिनेता सलमान खान बाहेक अन्य कुनैपनि कलाकार फाइनल गरिएको छैन् । रियल लाईफमा एक अर्काको नाम समेत लिन नचाहने रनवीर र सलमानको पर्दाको लडाँईमा कस्ले बाजी मार्ला ? उनका फ्यान माझ प्रतिक्षाको विषय बनेको छ ।