‘व्हिस्की’को नशामा प्रियंका ! (भिडियो)

‘व्हिस्की’को नशामा प्रियंका ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । जेठ २६ बाट देशभर प्रदर्शनमा आउँन लागेको सिनेमा ‘लालटिन’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ह्विस्की’ बोलको गीतमा प्रियंका कार्कीको मादकता प्रस्तुत गरिएको छ । यसअघी सार्वजनिक गरिएको ‘चमेली’ बोलको गीतले पनी यतिबेला चर्चा पाईरहेको छ ।

विनोद ढकालले संगीत भरेको गीतमा विनोद ढकाल, सोमिया बराईली, र किरण माईकलको स्वर समावेश छ । कविराज गहतराजको कोरियोग्राफी समावेश गीतलाई हरिघले लामाले खिचेका हुन् ।

देवकुमार श्रेष्ठको निर्देशनमा बनेको सिनेमालाई भानु प्रतापले प्रस्तुत गरेका हुन् । सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, भानु प्रताप, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ ।