रणवीरको गाउँ ‘झुम्री तलैया’, कट्रिनाको कहाँ ? (भिडियो)

रणवीरको गाउँ ‘झुम्री तलैया’, कट्रिनाको कहाँ ? (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अनुराग बासु निर्देशित सिनेमा ‘जग्गा जासुस’को नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमा रिलिज गीतमा रणवीर कपूर र कट्रिना कैफको केमेस्ट्री सुन्दर देखिएको छ ।

‘झुम्री तलैया’ बोलको गीतमा अर्जित सिंह र मोहन कननको स्वर समावेश छ । करिब २० भन्दा धेरै गीत समावेश यो सिनेमामा प्रितमको संगीत रहेको छ । १४ जुलाईमा रिलिज हुने ‘जग्गा जासुस’ अनुराग बासुले ‘बर्फी’ पछी निर्देशन गरेको सिनेमा हो । गीत, निर्देशक, रणवीर र अनुरागको जोडीका कारण यो सिनेमालाई प्रतिक्षित मानिएको छ ।