सुमी चाम्लिङ र नेपाली ठिटोजको ‘चस्मा वाला’ सार्वजनिक (भिडियो)

सुमी चाम्लिङ र नेपाली ठिटोजको ‘चस्मा वाला’ सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । विकास सुवेदीको निर्देशनमा बनेको ‘चस्मा वाला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमि चाम्लिङ राईको स्वर रहेको गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ ।
भिडियोमा ‘नेपाली ठिटोज’को टिम प्रस्तुत भएको छ । ‘नेपाली ठिटोज’का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी हुन् । यसअघि सुनिलको नेतृत्वमा रहेको यो टिमले ‘छुकछुके रेल’ गीतमा नृत्य प्रस्तुत गरेको थियो | यो गीतमा नेपाली ठिटोजलाई सन्ध्या भट्टराईले साथ दिएकी छिन् ।

राजधानीमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको यस गीतको कभर भिडियो प्रतियोगिताको बारेमा पनि जानकारी गराईयो । कभर भिडियोबाट एक टिमले ५० हजार नगदसहित नयाँ म्यूजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।

जेष्ठ १५ गतेदेखि साउन १५ गतेभित्र ‘चस्मा वाला’ को गीतमा भिडियो बनाएर पठाउनु पर्ने बताईएको छ । ‘[email protected]’ तथा ‘[email protected]’ मा कभर भिडियो पठाउन सकिनेछ ।

https://youtu.be/BI97a4oXtN0