पहिलो पटक सँगै स्क्रिनमा रेखा र दया, ‘नीरफुल’मा हुनेछ सहकार्य !

पहिलो पटक सँगै स्क्रिनमा रेखा र दया, ‘नीरफुल’मा हुनेछ सहकार्य !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री रेखा थापा र अभिनेता दयाहाङ राईलाई सँगै एकै स्क्रिनमा देख्न पाइने भएको छ । यी दुई स्टारलाई मुख्य भूमिकामा देख्न सकिने ‘नीरफुल’को विहिबार अफिसियल घोषणा गरिएको छ ।

सिनेमालाई संचारकर्मी फुलमान वलले निर्देशन गर्नेछन । निर्देशक वलले धादिङमा रहेको रुवी भ्याली भित्रको पात्रहरु टिपेर कथा तयार गरेको खुलाए । ‘तर रुवी भ्यालीकै कथा चाहिं होइन है’, निर्देशक वलले सिनेमाबारे भने, ‘भूकम्पले छिन्नभिन्न पारेको एउटा परिवारको कथा हो ।’

रेखा र दयाले पनि सिनेमाको कथाबस्तुले मन छोएर खेल्न राजी भएको बताए । रेखाले भनिन्, ‘समाजको आँखा खोल्ने र सरकारलाई समेत चुनौती दिने कथा छ ।’ यता दयाले सरल कथामा भित्रपनि असमान्य अवस्था आउने बताए । ‘मेरो चरित्र पनि कठिन नै छ’ आफ्नो भूमिका बारे दयाले प्रष्ट पारे ।

सिनेमामा रेखा र दयासँगै शान्ति वाइवा, जिग्मे छ्याइकी घिसिङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल, राजन खतिवडा, सरिता गिरी, लक्ष्मी वर्देवा लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमा निर्माण समुहमा डोमा सोनाम, माया केसी, चन्द्रमाया तामाङ, दिपक श्रेष्ठ, उदय लामा, दिनेश लम्तरी मगर रहेका छन् । सचिन आचार्यको सह निर्देशन, प्रमोद कार्कीको छायाँकन रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत छ ।

तस्वीर: उद्दब रसाईली