सिधै युट्युबमा रिलिज भयो ‘द प्लान’ (पुरा फिल्म)

सिधै युट्युबमा रिलिज भयो ‘द प्लान’ (पुरा फिल्म)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । हङकङमा बनेको पहिलो नेपाली फिल्म ‘द प्लान’ युट्युब मार्फत सार्वजनिक भएको छ । बाहिरका विभिन्न देशमा प्रिमिएर गरिएको यो फिल्म नेपालमा प्रदर्शन नभएरै युट्युबमा सार्वजनिक गरिको हो । यो फिल्मलाई  हाईलाईट्सले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

कृष्णबहादुर लामगाडेको निर्माणमा बनेको यो फिल्मलाई प्रविन बराईली निर्देशन गरेका हुन् । फिल्ममा छायांकन र सम्पादन पनि निर्देशककै रहेको छ । फिल्मको सहायक निर्माताहरूमा यूद्द पुन, शिब लिम्बु, दिपेश लामगाडे, सन्तोष लामगाडे र रत्न लामगाडे रहेका छन् ।

लामो समय देखि बेलायतमा बसेर पनि अभिनयमा सक्रिय धुर्व दत्त फिल्मका मुख्य कलाकार हुन् । धुर्वले अभिनय गरेको पछिल्लो फिल्म ‘तिन घुम्ती’ले राम्रो चर्चा बटुलेको थियो। फिल्ममा धुर्वसंगै जुनु पुन, सर्बिना श्रेष्ठ, युद्दा पुन र शिवा लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

https://youtu.be/IhcXbFKEnZw