‘पन्चेबाजा’मा सौगात भिलेन, कर्मा हिरो !

‘पन्चेबाजा’मा सौगात भिलेन, कर्मा हिरो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नयाँ सिनेमा ‘पन्चेबाजा’को घोषणा गरिएको छ । एक गाउँको कथामा बन्न लागेको सिनेमामा सौगात मल्ल, कर्मा, सृजना सुब्बा र जस्मिन श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

राजधानीको कमलादीस्थित गणेश मन्दीरमा पुजाआजा गरि सिनेमाको छायाँकन सुरु गरिएको छ । निर्देशक घनश्याम लामिछानेले दिएको जानकारी अनुसार सिनेमामा सौगात मल्ल भिलेनको भूमिकामा देखिनेछन् ।

न्यु भेनस फिल्मसको व्यानरमा निर्माण हुने सिनेमामा राजेश शाहीको लगानी, प्रदीप भारद्वाजको कथा/पटकथा/संवाद र कालिप्रसाद बाँस्कोटा/विकास चौधरीको संगीत रहनेछ ।