सिनेमा : नयाँकै वर्चश्व

सिनेमा : नयाँकै वर्चश्व

द सिनेमा टाइम्स
0
Shares

सुस्केरा’बाट नयाँ अनुहार बनेर स्वरूपपुरूष ढकाल नेपाली रजतपटमा छिरे । गत वर्ष सर्वाधिक व्यापार गरेको सिनेमा ‘छक्का पञ्जा’को सिक्वेलमा पनि उनी देखि“दैछन् । नेपाली सिने उद्योगमा ढकालजस्तै धेरै कलाकार यस वर्ष डेब्यु र दोस्रो सिनेमाको साथमा देखा पर्दैछन् । तिनैमध्ये हुन्, ‘ग्याङस्टर ब्लुज’बाट आशिरमान देशराज श्रेष्ठ र अनुपम शर्मा, ‘समर लभ’बाट आशिष पिया र रेवती क्षत्री, ‘धनपति’ र ‘सुस्केरा’मा सुरक्षा पन्त, ‘डायरी’बाट सन्नी सिंह । उनीहरू सबैले यस वर्ष डेब्यु गर्दैछन् ।

यस्तै, सुशील श्रेष्ठ, आना शर्मा, पल शाह, प्रदीप खड्का र नाजिर हुसेनमा दोस्रो या तेस्रो सिनेमा आउ“दैछन् । वर्षको शुरूवात नै रहेकाले थप नयाँ अनुहार आउने क्रम जारी छ ।यसको अर्थ यस वर्ष नेपाली बक्स अफिसमा नवप्रवेशी कलाकारको अधिपत्य हुने निश्चित छ । पत्नी एवं अभिनेत्री झरना थापालाई ‘ए मेरो हजुर २’बाट निर्देशनमा यसै वर्ष डेब्यु गराउन लागेका निर्माता सुनिलकुमार थापाले सोही फिल्मबाट नवअभिनेता सलिनमान बानिया“लाई पनि डेब्यु गराउँदैछन् ।

‘लामो दौडको घोडा बन्ने सम्भावनाका कारण बानिया“माथि लगानी गर्ने जोखिम उठाएको हु“,’ थापा भन्छन्, ‘हाल उपलब्ध चिनिएका अनुहारहरूले आफ्नो काँधमा फिल्म बोक्नेभन्दा पनि फिल्मले उनीहरूलाई बोक्ने अवस्था छ ।

यस्तोमा उनीहरूमाथि भन्दा नयाँमा सम्भावना बढी छ । र, दर्शकले पनि नयाँ नै खोजिरहेका छन् ।’नायक मात्र नभई थापाले आफ्नो फिल्ममा ‘ड्रिम्स’बाट डेब्यु गरेकी र हाल ठूलो पर्दामा ‘मोस्ट डिमान्डेड’ साम्राज्ञी शाहलाई मुख्य अभिनेत्री बनाएका छन् । थापाको भनाइमा हाल ‘समर लभ’बाट नयाँ नायक÷नायिकालाई डेब्यु गराउन लागिरहेका निर्माता÷निर्देशक मुस्कान ढकाल पनि सहमत छन् । भन्छन्, ‘मेरो फिल्मको कथाको माग फ्रेस फेस हो । त्यसमाथि पछिल्लो समय दर्शकको मनोविज्ञान बुझ्दा नयाँ अनुहार नै खोजिरहेको पाएको छु ।’

पछिल्लो समय अनमोल केसीले पुराना कलाकारपछिको रिक्तता  पूरा गर्ने सुखद् लक्षण देखाइरहेका छन्। नायिकातर्फ साम्राज्ञी शाह अगाडि देखिएकी छन्।पुराना कलाकार लगभग सुस्ताएको र नचलिरहेको अवस्था छ । उनीहरूको माग बजारमा कम हुन थालेको छ । त्यसैले पनि यस वर्ष नयाँ अनुहारमा समग्र उद्योग भर परेको देखिएको छ । बक्स अफिसमा पनि नयाँ अनुहारकै फिल्मको चर्चा छ । चलचित्र वितरक गोविन्द शाहीका अनुसार पछिल्लो समय नयाँ कलाकारमाथि बढिरहेको लगानीलाई निर्माताहरूको लगानी सुरक्षित गर्ने बाटो तथा मल्टिप्लेक्स र सिंगल स्क्रिन हलका दर्शकलाई आकर्षण गर्न गरिएको ठान्छन् । ‘फिल्मको व्यापारमा मल्टिप्लेक्सको ५५ र सिंगलबाट ४५ प्रतिशत कमाइ निर्माताले पाइरहेका छन् ।

पछिल्लो क्रम हेर्दा उनीहरूले यी दुवै बजारमा दर्शकलाई आकर्षित गर्न नयाँ कलाकार लिने क्रम बढेको हो,’ उनी भन्छन्, ‘अहिले पुराना लि“दा सिंगलमा मात्र जाने अवस्था छ । नयाँ लिएर गर्दा मल्टिप्लेक्स र सिंगल दुवैतिर व्यापार बढ्छ ।नयाँ कलाकार हुँदा दुवैतिर ब्रान्डिङ गर्न सजिलो भएको छ ।’हुन पनि, ठूला ब्यानरले नयाँ कलाकारमाथि खोजी–खोजी लगानी गरिरहेका छन् । लगानी उठ्ने ज्यादा सम्भावना नयाँमै देखिएको मत अधिकांश निर्माताको छ ।

यस वर्ष रिलिज हुने फिल्मको सूची हेर्दा नयाँ कलाकारमाथि उद्योगले गरेको आशा प्रस्टिन्छ । बक्स अफिसमा व्यापार सम्भावना बोकेका फिल्ममा पर्ने ‘सुस्केरा’, ‘ए मेरो हजुर २’, ‘समर लभ’, ‘सायद २’, ‘डायरी’, ‘ग्याङस्टर ब्लुज’, ‘कारखाना’, ‘पर्व’, ‘कृ’ आदिमा मुख्य कलाकार नयाँ छन् ।हाल चर्चामा रहेको ‘बाहुबली’ फिल्ममा मुख्य अभिनेता प्रभासको शरीर बनाउन मात्रै निर्माण पक्षले डेढ करोड भारु खर्च ग¥यो । नेपालमा पनि यस्तो शुरुवात हुनु फिल्मको गुणस्तर बढिरहेको संकेत हो । फिल्म निर्माण शैलीको परिवर्तनमा आइरहेको नतिजा पनि हो, यो । नयाँ अनुहारमै ज्यादा भर भएका कारण निर्माताहरूले छायांकनअगावै उनीहरूलाई ‘ग्रुम’ गर्न राम्रै रकम खर्चिरहेका छन् । उदाहरण हुन्, ‘ग्याङस्टर ब्लुज’बाट यसै वर्ष डेब्यु हुन लागेका आशिरमान देशराज श्रेष्ठ ।

उनलाई डेब्यु गराउन निर्माताले गतिलो पारिश्रमिकसहित जिम, डान्स र मार्सल आर्टका लागि मात्रै थप तीन लाख खर्चिए । सुटिङअघि आठ महिना यिनै कुराको प्रशिक्षणमा बिताए ।‘प्रेम गीत २’का लागि प्रदीप खड्काको जिम आदिमा चार लाख खर्च भएको निर्माता सन्तोष सेनको दाबी छ । उनकै फिल्ममा पहिलो पटक थाई मार्सल आर्ट ‘मोयथाई’ प्रयोग हुँदैछ । थाइल्यान्डबाट प्रशिक्षक झिकाएर प्रदीपलाई उनले विशेष प्रशिक्षण गराए ।

यस्तै, ‘कृ’मा अनमोल केसीलाई जिम, मार्सल आर्ट, डान्स आदिको विशेष तालिममा सात लाख सकियो । निजी प्रशिक्षक राखेर काम गराउँदा यत्रो खर्च भएको निर्माता सुभास गिरी बताउ“छन् । त्यसबाहेक गिरीले अनमोललाई पारिश्रमिकस्वरूप २० लाख रुपैया“ तिरेका छन् ।
ठूला ब्यानरको भरोसा र लगानी हेर्दा यस वर्ष नेपाली फिल्म क्षेत्रले बदलिँदो सन्दर्भमा आफ्नो उपस्थिति दमदार बनाउने मौकालाई उनीहरूले समात्ने आशा फिल्म वृत्ताले राखेको छ।

‘आर्टिस्ट पुलिङ’ नेपाली फिल्मको एउटा सदाबहार समस्या हो । नयाँ कलाकारहरूको प्रवेश सकारात्मक पाटो हो । तर, त्यसस“गै आउ“छ, उनीहरूलाई टिकाइराख्ने चुनौती । विगतमा नेपाली फिल्मले थुप्रै नयाँ कलाकार ल्यायो । तीमध्ये कति ‘वान टाइम वन्डर’ बनेर हराए भने कति दर्जन फिल्म गर्दा पनि उद्योगमा स्थापित हुन सकेनन् ।

उनीहरूले नयाँ कलाकारको अभावमा केही समय काम गरे । अर्जुन कार्की, सुमन सिंह, मुकेश ढकाल केही प्रतिनिधि उदाहरण हुन् । कार्कीलाई सम्भावित सुपरस्टार भनेर उद्योगले आस गर्‍यो । डेब्यु फिल्म रिलिज हुनुअगावै उनले दर्जनभन्दा बढी फिल्ममा काम गरे । ती सबै क्रमशः बजारमा आए तर कार्कीको जादु चलेन । सिंहले पनि त्यही नियति भोगे । ढकाल भने अभिनेताभन्दा अभिनेत्री मेलिना मानन्धरको पतिका रूपमा धेरै चिनिए ।राजेश हमाल, भुवन केसी, रेखा थापापछि नेपाली उद्योगले लामो समय सुपरस्टार नै पाएन, जसले अनुहारकै भरमा दर्शकलाई हलसम्म तान्ने सामथ्र्य राखून् । यद्यपि, यो शृंखलालाई निखिल उप्रेती तथा विराज भट्टले केही समय थेगे । भट्टको भोजपुरी फिल्ममा र उप्रेतीको पारिवारिक कारण मुम्बई पलायनले नेपाली फिल्म उद्योगमा लामो समय स्टारको खडेरी पर्‍यो ।

आशा भए पनि जीवन लुइ“टेल र आर्यन सिग्देलले अवसरलाई ‘क्यास’ गर्न सकेनन् । पछिल्लो समय अनमोल केसीले त्यस खडेरीलाई पूरा गर्ने सुखद् लक्षण देखाइरहेका छन् । उनको परीक्षण अवधि अझै बाँकी छ । नायिकातर्फ साम्राज्ञी शाह अगाडि देखिएकी छन् । ठूला ब्यानरको भरोसा र लगानी हेर्दा यस वर्ष नेपाली फिल्म क्षेत्रले बदलि“दो सन्दर्भमा आफ्नो उपस्थिति दमदार बनाउने मौकालाई उनीहरूले समात्ने आशा फिल्म वृत्तले राखेको छ ।

साभार:  अशेष अधिकारी (अन्नपूर्ण टुडे)