१० नव आगन्तुक, जो डेब्युबाटै चर्चित भए

१० नव आगन्तुक, जो डेब्युबाटै चर्चित भए

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०७४ को बिदाई गर्न केहि दिन मात्र बाँकी छ । सिनेमा क्षेत्रले यो वर्ष निक्कै उतारचढाव थेग्यो । लगभग ८० सिनेमा प्रदर्शित वर्षमा दर्जनौ नयाँ कलाकारको जन्म भयो । आज हामि पहिलो सिनेमाबाटै नोटिस हुन् सफल १० कलाकारको बारेमा चर्चा गर्नेछौ । जसले आगामी दिनको लागि सम्भावना देखाए ।

सलिनमान बनियाँ

‘ए मेरो हजुर २’बाट डेब्यु गरेका सलिनमानको यो वर्ष स्टार कलाकारको भन्दा बढी नै चर्चा भयो । सिनेमामा अनुबन्धित भएसँगै सबैको नजरमा परेका सलिनको सिनेमा रिलिज पश्चात अझै चर्चा चुलियो । पहिलो सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पेयरिङ गरेका सलिनमानले सफलता पनि हात पारे । ‘ए मेरो हजुर २’ वर्षको सुपरहिट सिनेमा मध्येको एक हो । पहिलो सिनेमा पश्चात निकै चर्चा कमाएका सलिनलाई थुप्रै मेकरले अफर गरे । तर, तत्काललाई सिनेमा नगर्ने अभिव्यक्ति दिएका सलिनमानले अनलाइन कपडा पसल संचालनमा ल्याए ।

डेब्यु सिनेमाको व्यानर सुहना इन्टरटेनमेन्टबाट अर्को सिनेमा गर्ने मनसाय बनाएका सलिनमानले अन्य व्यानरका सिनेमाको अफर लिईरहेका छैनन् । झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ र ‘भागवत गीता’ मध्ये एक सिनेमामा सलिनमानले अभिनय गर्ने चर्चा छ ।

दीपिका प्रसाई

अभिनेता रमेश उप्रेतीको कमब्याक सिनेमा ‘ऐश्वर्य’बाट डेब्यु गरेकी दीपिका प्रसाई यो वर्ष अत्याधिक चर्चा कमाएकी अभिनेत्रीमा पर्छिन् । सिनेमामा अनुबन्धित भएसँगै दीपिकाको सुन्दरताको चर्चा सुरु भएको थियो । सिनेमाको ट्रेलर र गीत रिलिज भएपछी दीपिकाको चर्चा झनै चुलियो । रिलिज पश्चात दीपिका अभिनयबाट पनि नोटिस भईन । सिनेमाले बक्स अफिसमा औसत सफलता हात पार्यो ।

पहिलो सिनेमाले निर्माता सेभ गराएपछी दीपिकाले आफ्नो पारिश्रमिक बढाएका खबरहरु आए । ‘ऐश्वर्य’ पश्चात कुनै पनि सिनेमा साइन गरेका खबर आएका छैनन् । उनि कम तर राम्रा सिनेमा मात्र गर्ने बताउदै आएकी छन् ।

आशिरमान देशराज जोशी

आशिरमानको पनि सिनेमामा अनुबन्धित भएसँगै चर्चा चुलिएको थियो । डेब्यु सिनेमा ‘ग्याङस्टर ब्लुज’ प्रचारताका थुप्रै फ्यानहरुको ढुकढुकी भएका आशिरमानको सिनेमाले राम्रो व्यापार गर्ने अड्कलबाजी काटिएका थिए ।

तर, हलसम्म दर्शक नआइदिदा पहिलो गाँसमै ढुंगा पर्यो । पहिलो सिनेमा असफल भएपनि आशिरमानलाई लिएर सिनेमा बनाउने मेकरको कमि छैन । आशिरमान अहिले हेमराज बिसीको निर्देशनमा बनिरहेको ‘द ब्रेकअप’को छायाँकनमा व्यस्त छन् । आशा गरौ यो सिनेमाले आशिरमानलाई राहत दिनेछ ।

अश्लेशा ठकुरी

डेब्यु सिनेमामै अभिनेता प्रदीप खड्कासँग जोडी बाँधेकी अश्लेशाले यो वर्ष राम्रै चर्चा पाइन् । सकारात्मक भन्दा नकारात्मक कमेन्टबाट चर्चा पाएपनि डेब्यु सिनेमा ‘प्रेमगीत २’ हिट भएपछी अश्लेशाले राहतको सास लिईन् ।

‘प्रेमगीत २’ प्रचारताका वार्डरोब मालफंसनको शिकार भएकी अश्लेशाको पहिलो सिनेमा पछी अनुबन्धित भएका खबर बाहिरिएका छैनन् ।

अदिति बुढाथोकी

अदितिको चर्चा नेपालसँगै बलिउड मिडियामा पनि भयो । ‘कृ’ मा अनुबन्धित भएपछी दर्शक र मिडियाको नजर परेकी अदिति सिनेमा रिलिजसम्म लाइमलाइटमै रहिन् । ‘कृ’को औसत सफलताले अदितिको डेब्युलाई अझ सम्झनलायक बनाइदियो ।

‘कृ’ रिलिज पश्चात अदिति नयाँ सिनेमामा अनुबन्धित भएका खबर बाहिरिएका छैनन् ।

सारा सिर्पाली

सिनेमा ‘रुद्र’बाट डेब्यु गरेकी सारा सिर्पालीको यसै वर्ष ‘पिंजडा ब्याक अगेन’ पनि रिलिज भयो । दुवै सिनेमामा एक्सनस्टार निखिल उप्रेतीसँग जोडी बाँधेकी साराले बक्स अफिस सफलता भने पाउन सकिनन् । दुवै सिनेमा असफल भए । तर, साराले अभिनय मार्फत सबैको मन जितिन् ।

डेब्यु दुवै सिनेमामा अभिनयबाट तारिफ बटुलेकी साराले सलोन बस्नेतसँगको ‘सुश्री सम्पति’मा काम गरिसकेकी छन् । जुन सिनेमालाई सिनेपत्रकार सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

जसिता गुरुङ

डेब्यु सिनेमा ‘लिलिबिली’ प्रदर्शनको क्रममा भएपनि जसिताको चर्चा सिनेवृतमा राम्रै छ । गीत र ट्रेलरबाट आफ्नो परिचय दिईसकेकी जसिताको अब अभिनय हेर्न बाँकी छ । सुन्दरता र अभिनेता प्रदीप खड्कासँगको स्विट केमेस्ट्रीका कारण चर्चामा रहेकी जसिताले ‘लिलिबिली’ बक्स अफिस नतिजाले अझ चर्चामा ल्याउन सक्छ ।

जसिताले आफ्नो सुन्दरताबाट राम्रै फ्यान फ्लोविङ कमाइसकेकी छन् ।

सरुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठ

यी दुवैले सिनेमा ‘रानी’बाट डेब्यु गरे । सरुक र मनिषको लागि डेब्यु सिनेमा फलदायी हुन् सकेन । बक्स अफिसमा सिनेमा पूर्ण रुपमा असफल भएपछी यी दुई मध्ये मनिष सुन्दरको ‘तिमि हुन्छौ जहाँ जहाँ’ प्रदर्शनको क्रममा छ भने, सरुकको नयाँ सिनेमा घोषणा भैसकेको छैन।

पहिलो सिनेमामा गरेको अभिनयले भने यी दुईलाई राहतको सास दियो ।

स्वरूपपुरुष ढकाल

रिलिजका हिसाबले स्वरूपपुरुषको ‘छक्का पन्जा २’ डेब्यु सिनेमा भएपनि ‘सुस्केरा’ उनि अभिनित पहिलो सिनेमा हो । ‘सुस्केरा’ रिलिज नहुँदा स्वरूपको डेब्यु सिनेमा ‘छक्का पन्जा २’ नै मानिन्छ ।

डेब्यु सिनेमा हिट भएपनि यसको जस स्वरूपलाई गएन् । अभिनयको भने ठिक्कैको चर्चा भयो । यहिँ वर्ष छायाँकन सकिएको बिग बजेटको सिनेमा ‘द म्यान फ्रम काठमाडौं’मा अनुबन्धित भएका स्वरूप अन्तिम समयमा आएर सिनेमाबाट बाहिरिएका थिए ।

वर्कसपमा राम्रो समय दिन नसकेपछी स्वरूपपुरुषलाई सिनेमाबाट आउट भएको निर्माण पक्षले बताएको थियो । त्यस्तै स्वरूपको ‘तिमि हुन्छौ जहाँ जहाँ’ प्रदर्शनको क्रममा छ ।

मिरुना मगर

डेब्यु सिनेमा ‘लालपुर्जा’ असफल भएपनि मिरुनाको अभिनयले तारिफ पायो । फलस्वरूप उनि मेकरको नजरमा परिन् । पहिलो सिनेमाबाट खासै चर्चा नपाएपनि आगामी दिनमा मिरुनाको चर्चा हुनेमा दुई मत छैन ।

मिरुना दोस्रो सिनेमास्वरूप प्रदीप खड्काको आगामी प्रोजेक्ट ‘रोजी’मा पनि फाइनल भैसकेकी छन् ।

अन्य डेब्यु अनुहारहरु

यी कलाकारका अलावा यो वर्ष सुरज पाण्डे (लभ लभ लभ), सन्नी शिंह (डायरी), सिपोरा गुरुङ (भुइमान्छे), अम्बर सुवेदी/सुमन पौडेल (ए मेरो हजुर २), राजन इशान (२ रुपैयाँ), ओसिमा बनु (रोमियो), समिया बर्तौला (हिटलर), सुमी मोक्तान (झ्यानाकुटी), भूमिका श्रेष्ठ (कान्छी)ले डेब्यु गरे । यी कलाकारको चर्चा सिनेवृतमा औसत रह्यो ।

तस्विरहरु: सम्बन्धित कलाकारको सामाजिक संजाल अकाउन्टबाट