अभिनयको लागि ‘नेपाल्स मेघा सिनेस्टार’

अभिनयको लागि ‘नेपाल्स मेघा सिनेस्टार’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – देशका प्रमुख ७ शहरहरुमा अडिसन हुने गरि रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ सुरु हुने भएको छ । सोमबार राजधानीमा प्रेसमिट गरि अभिनय सम्वन्धि रियालिटी शोको बारेमा जानकारी दिइयो ।

आउँदो चैत २८ देखि सुरु हुने अडिसन काठमाडौँ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, विरगंज र इटहरीमा हुनेछन् । ओ मेगा इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने रियालिटी शोले देशभरका लुकेर रहेका प्रतिभालाई उजागर गर्ने कार्यक्रम निर्देशक प्रवेश सम्राटले भने ।

अन्तर्राष्ट्रिय स्तरको पहिलो अभिनय रियालिटी शोमा जुनसुकै उमेर समूहले सहभागीता जनाउन पाउनेछन् । एपी वान एचडीबाट प्रसारण हुने शो असार पहिले सातादेखि हेर्न पाइनेछ ।

रियालिटी शोमा बिजेता हुने एक जनाले एक करोड बराबरको पुरस्कार प्राप्त गर्ने आयोजकको भनाई छ । बिजेताले २० लाख नगदसहित एउटा कार र एक चलचित्रमा अनुबन्धित हुने अवसर प्राप्त गर्नेछन् । निर्देशक शोभित बस्नेत, निश्चल बस्नेत र पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यक्रमको निर्णायक छन् ।