रजनी र धुर्व ‘उल्झन’मा !

रजनी र धुर्व ‘उल्झन’मा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । राजधानीमा नयाँ नेपाली सिनेमाको घोषणा गरिएको छ । राजु अधिकारीको कथा/निर्देशन रहने गरि ‘उल्झन’को शुभमुर्हत गरियो ।

वैदेशिक रोजगारीले पारिवारिक सम्वन्धमा ल्याउने दरारलाई मुख्य विषयबस्तु बनाएको सिनेमामा रजनी केसी, धुर्व दत्त, बेनी ढुंगाना, दीपक खनाल, रामचन्द्र अधिकारी, एनी विष्ट लगायतका कलाकारले अभिनय गर्नेछन् । सिनेमामा विशेष अतिथि कलाकारको भूमिकामा दिनेश शर्मा र रचना पौडेल रहनेछन ।

साउन २३ गते देखि नै छायाँकनमा उत्रिन लागेको सिनेमालाई लक्ष्मण घिमिरेले खिच्नेछन् । सिनेमामा हिरामणि न्यौपाने/देनिश गौतमको संगीत, कुमार महर्जनको द्वन्द, शिव विकको नृत्य र दीपक अधिकारीको सहायक निर्देशन रहनेछ । नविन अधिकारी (लभ्ली) र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको सिनेमा निर्मातामा सन्तोष अधिकारी र हरि कार्की रहेका छन् ।

तस्विर: आर्यन बिमली