‘तारेभीर’मा स्थानीय कथा (ट्रेलर)

‘तारेभीर’मा स्थानीय कथा (ट्रेलर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार २ लाई रिलिज मिती तय गरेर फिल्म ‘तारेभीर’ले प्रचारप्रसार अघी बढाएको छ । राजधानीमा एक प्रेसभेटघाट गरेर फिल्मको ट्रेलर र केहि गीत सार्वजनिक गरियो ।

केहि बर्ष आगाडी तयार भएको यो फिल्मले विभिन्न कारण देखाउदै प्रदर्शन मिती तय गर्न सकेको थिएन । फिल्मका लेखक तथा निर्देशक प्रेम सुब्बाले ‘तारेभीर’ सामाजिक कथामा निर्माण भएको बताए । ‘फिल्मले हाम्रै परिवेशमा घट्ने घटनाहरुलाई आत्मसात गरेर प्रस्तुती दिएको छ ।’ निर्देशक थपे ।

प्रेसभेटघाटमा मुख्य अतिथी बनेर पुगेका बरिष्ट कलाकार हरिवंश आचार्यले फिल्मलाई सफलताको सुभकामना दिए । डीके खड्काको लगानीमा बनेको फिल्ममा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, दिपेश श्रेष्ठ, मन्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

यूवराज राई ‘बिर बहादुर) को सिनेम्याटोग्राफी समावेश फिल्मका गीतहरुमा गोविन्द राई र दिनेश मंग्मुको कोरियोग्राफी रहेको छ ।

https://youtu.be/YPMl6zJ15kQ