‘इकू’ अभिनित ‘फिर्के’को पोस्टर रिलिज

‘इकू’ अभिनित ‘फिर्के’को पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुलेमान शंकर ‘इकू’को प्रस्तुतिमा निर्माण भएको नयाँ सिनेमा ‘फिर्के’को दुई वटा पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

रवी डंगोलले निर्देशन गरेको सिनेमामा शुलेमानका अलावा ऋचा शर्मा, अर्पण थापा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारको अभिनय छ । यसअघि ‘इकु’ ‘इकु २’ र टेलिसिरियल ‘मेरी बास्सै’मा अभिनय गरेका शुलेमानले यो सिनेमामा आफ्नो भूमिका भिन्न रहेको जानकारी गराए ।

यसै साता सिनेमाको पहिलो गीत सार्वजनिक गर्ने निर्माण युनिटले बताएको छ । कमेडी जनरामा निर्माण भएको सिनेमाले पुस १४ को डेटलाई रिलिजको लागि तय गरेको छ । अभिमन्यु निरबीको लेखन रहेको सिनेमामा विश्व नेपाली/सुभाष भुसालको संगीत, अष्ट महर्जनको द्वन्द, मित्र डी. गुरुङको सम्पादन र रामकुमार केसीको छायाँकन छ । ओमलाल गुरुङ् र राजेश श्रेष्ठको निर्माण रहेको सिनेमालाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् ।