दयाहाङ र छुल्ठिमलाई लिएर घोषणा भयो ‘नेप्टे’

दयाहाङ र छुल्ठिमलाई लिएर घोषणा भयो ‘नेप्टे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री  छुल्ठिम गुरुङ अब संगै पर्दामा देखिने भएका छन् । मंगलबार राजधानीमा एक औपचारिक कार्यक्रमका बीच यी दुई कलाकार मुख्य भूमिकामा रहने ‘नेप्टे’ घोषणा गरियो ।

फिल्म ‘नेप्टे’ मा सामाजिक कथा वस्तुलाई रोचक ढंगले उठाइने निर्देशक देवकुमार श्रेष्ठले जानकारी दिए । दायाहाङले कलाकार तथा निर्माता रोहित रुम्बासँग आफ्नो पुरानो मित्रताको किस्सालाई प्रेसमिटमा सम्झिए । फिल्म ‘मेरो एउटा साथी छ’ मा दयाले छोटो र रोहितले एक सिनमा काम गरेका थिए । यता ‘डायरी’ की निर्मात्री छुल्ठिमले दयाहाङसँग काम गर्ने रहर पुरा भएकोमा खुसी व्यक्त गरिन् । उनले दयासँग आफ्नो जोडी सुहाउने पनि आशा राखिन् ।

जेठको पहिलो सातादेखि छायाँकन सुरु हुने फिल्ममा दया, छुल्ठिम र रोहितसँगै बुद्धि तामाङ, अरुणा कार्की, ए गुरुङ लगायत कलाकारहरुको अभिनय रहनेछ । रोहित आफ्नै कथा रहेको फिल्ममा किरण माइकलको पटकथा एंव संवाद रहेको छ । हरी घले लामाको छायाँकन रहने फिल्ममा संगीत भने बाबु बोगटी, सन्तोष राज, ओम सुनार र रोहितले दिनेछन् ।