‘माई लभ’ ट्रेलर: धरहरा ढल्दा यस्तो देखियो ! (भिडियो)

‘माई लभ’ ट्रेलर: धरहरा ढल्दा यस्तो देखियो ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘माई लभ’को ट्रेलर रिलीज भएको छ । २०७२ सालको महाविनाशकारी भुकम्पको समयमा सुरक्षाकर्मी र उद्दारकर्मीले खेलेको महत्पुर्ण भुमिकालाई सिनेमामा समेटिएको छ । ‘माई लभ’ अब मंसिर २९ गतेबाट देशभरका सिनेमा घरमा रिलीज हुनेछ ।

जापानी निर्देशक डा तोसिआकी इतोहले निर्देशन गरेको सिनेमामा गणेश लामा, नव(कलाकार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै, नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको लगायतका कलाकारको अभिनय हेर्न पाइनेछ ।

फिल्म क्रियसन नेपालको ब्यानरमा सिनेमालाई गणेश लामाले निर्माण गरेका हुन । भने, सिनेमामा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमामा नेपालको धरहरा ढलेको दृष्यलाई जिवन्त देखाइएको छ । भुकम्प पछि क्षतीग्रस्त सम्पदाको महत्व र त्यसको पुननिर्माण गर्ने दायित्व नेपालकै रहेको सन्देश दिएको छ ।