दयाहाङ र दिया दोस्रो पटकसंगै, बन्ने भयो ‘मिस्टर झोले’

दयाहाङ र दिया दोस्रो पटकसंगै, बन्ने भयो ‘मिस्टर झोले’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दयाहाङ राई र  दिया पुन  अभिनित ‘वीर विक्रम’ दर्शक माझ हिट भएपछी यो जोडीलाई लिएर फिल्म ‘मिस्टर झोले’को घोषणा गरिएको छ ।

विहिबार नक्सालस्थित भाटभटेनी मन्दिरमा पुजा गरेर फिल्मको शुभमुर्हत गरियो । बैशाख ११ बाट कास्की जिल्लामा छायांकन गरिने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।

फिल्ममा दयाहाङ र दियासंगै बर्षा राउत, प्रविण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगाएतका कलाकार अभिनय गर्नेछन् ।

‘झोले’ की नायिका प्रियंका कार्की र कलाकार ए.गुरुङ भने ‘मिस्टर झोले’ मा दोहोरिएका छैनन् । फिल्मको विषय, स्थान, पात्र, कथा, संरचना भिन्न रहेकाले ‘मिस्टर झोले’ ‘झोले’ को सिक्वेलको रुपमा नरहेको फिल्म निर्माण कम्पनी टेकेन खड्का र सिनमा आर्टस्ले जनाएको छ ।

टेकेन खड्काको निर्माण र रौनक विक्रम कंडेल कार्यकारी निर्माण रहेको फिल्ममा शैलेन्द्र डि.कार्कीको छायांकन रहनेछ । फिल्मलाई सम्भवतः यहि बर्षको मंसिर महिनामा दर्शकमाझ ल्याउने निर्देशक गुरुङले बताएका छन् ।