मेला: ट्रेलर रिलिज

मेला: ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक २४ गते रिलिज हुने सिनेमा ‘मेला’ ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फ्रेन्डसिप, मस्ती, कमेडी, प्रेम, रोमान्सका दृश्य छन् ।

बसन्त निरौला निर्देशित सिनेमामा सलोन बस्नेत, अशिष्मा नकर्मी, आमेश भण्डारी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । यस अघि सिनेमाले एउटा लोकगीत र एउटा पार्टी गीत पनि सार्वजनिक गरिसकेको छ ।

सिनेमामा हरी पन्तले कथा, पटकथा, संवाद र सहनिर्देशनको काम पुरा गरेका छन् । राज राधिका फिल्मसको व्यानरमा निर्माण भएको ‘मेला’मा अर्जुन पोखरेलको संगीत, दिव्य सुवेदीको छायाँकन, साहिल खान/मिलन श्रेष्ठको सम्पादन र पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ ।

हरी पन्तको प्रस्तुतिमा निर्माण भएको यस सिनेमामा मनोजकुमार मारोडीयाले लगानी गरेका छन् ।