कार्तिक २४ मा ‘मेला’, ‘सैबा हो सैबा’ गीत रिलिज (भिडियो)

कार्तिक २४ मा ‘मेला’, ‘सैबा हो सैबा’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बसन्त निरौला निर्देशित सिनेमा ‘मेला’ले एक प्रेसमिटका विच आफ्नो रिलिज मिति तय गर्दै पहिलो गीत सार्वजनिक गरेको छ । ‘परिचय पाउँ…’ (सैबा हो सैबा) बोलको गीतमा कलाकार गजित बिष्ट र पवित्रा आचार्यले कम्मर मर्काएका छन् ।

यसअघि लभ रोमान्टिक बनाएर चर्चामा आएका अर्जुन पोखरेलले यो गीतमा संगीत दिएका छन् । ‘यसअघि ‘जाउँ हिड पोखरा’ र ‘यता तिर्खा लागेको’ बोलको गीतमा लोक संगीत भरेको थिए । यो मेरो लोक लयमा निर्माण गरेको तेस्रो गीत हो । दर्शकले रुचाउने आशा गरेको छु ।’ पोखरेलले प्रेसमिटमा भने । प्रेसमिटमा सम्माननीय सूचना तथा संचार मन्त्रि मोहनबहादुर बस्नेत प्रमुख अतिथि बनेर उपस्थित हुनु भएको थियो ।

दिग्गज धुरलीको शब्द रहेको गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर छ । पवित्रा आचार्यको कोरियोग्राफी रहेको गीतको भिडियोलाई दिव्य सुवेदीले खिचेका हुन् । कार्तिक २४ लाई रिलिज मिति तय गरेको सिनेमामा सलोन बस्नेत, अशिष्मा नकर्मी, आमेश भण्डारी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । ‘मेला’को पटकथा/संवाद/ कथा लेखेका हरि पन्त सहायक निर्देशक समेत हुन् ।

राज राधिका इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा मनोजकुमार मारोडियाको लगानी रहेको छ । सिनेमाका प्रस्तुतकर्ता पनि हरि पन्त नै हुन् ।