‘मन्दिरा’को ट्रेलर: ‘नारीलाई साडी, र पुरुषलाई गाडी’ले कहिले पुग्दैन !

‘मन्दिरा’को ट्रेलर: ‘नारीलाई साडी, र पुरुषलाई गाडी’ले कहिले पुग्दैन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार २ गतेलाई रिलिज मिती तय गरेको फिल्म ‘मन्दिरा’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक उपन्यासकार र उनको कथा भित्रका पात्रहरुको शैलीलाई निकै सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलरमा रोमान्स, धोका, बदलाको कथा देखाइएको छ । यो सस्पेन्स/थ्रिल फिल्मलाई नवनिर्देशक दीपेश सापकोटाले निर्देशन गरेका हुन् ।

रोचक कुरा त के छ भने, यो पुरै फिल्मलाई एकै घर भित्र खिचिएको हो । यो फिल्ममा नरेन खड्का, जे.वी.डी.सी, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाली, राजन सुवेदी, लक्ष्मी बस्नेतको साथमा नव–कलाकार बीनी पोख्रेली, विनिता ओलीको मुख्य भूमिका छ ।

फिल्मका निर्माता करुणा अर्याल र उज्ज्वल अर्याल हुन् । सन्तोष सेढाई सह–निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता हरि भट्ट हुन् । फिल्ममा देव राइको संगीत, अष्ट महर्जनको एक्सन, अर्जुन बीसीको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायांकन, अजित लामिछानेको पटकथा तथा संवाद छ ।