‘महानगर’मा केकी होइन मेनुका !

‘महानगर’मा केकी होइन मेनुका !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । फिल्म ‘महानगर’को औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको बारेमा जानकारी दिदै छायांकन मिति सार्वजनिक गरियो । बैशाख २७ बाट छायांकनमा उत्रिने फिल्मलाई मोहन राईले निर्देशन गर्नेछन् ।

राईले यसअघि ‘अन्जली’ र ‘सखी’ छोटा फिल्म निर्देशन गरिसकेका छन् । काठमाडौँ महानगर अर्थात काठमाडौँ जस्तै महानगरको किनारामा बस्ने मानिसको दुख, पिडा र एक्लोपनलाई फिल्ममा देखाइनेछ । फिल्ममा पहिलो पटक मेनुका प्रधान र कर्मले स्क्रिन शेयर गर्नेछन् । फिल्मको कलाकार छनोट युवराज घिमिरे र रेनुका कार्कीले गरेका हुन् । यसअघि यो फिल्मको लागि केकी अधिकारीको नाम मिडिया आएको थियो ।

कार्यकारी निर्माता गोविन्द पराजुली रहने फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।