नयाँ वर्षमा रिलिज हुने ‘ह्याप्पी न्यु ईयर’को टिजर सार्वजनिक

नयाँ वर्षमा रिलिज हुने ‘ह्याप्पी न्यु ईयर’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । देवकुमार श्रेष्ठ निर्देशित सिनेमा ‘ह्याप्पी न्यु ईयर’को रिलिज डेट फाइनल भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यो सिनेमा अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा रिलिज हुनेछ ।

नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथाबस्तु बनाएको यो सिनेमाले रिलिज डेट फाइनल गर्दै टिजर पनि सार्वजनिक गरेको छ । आरके  एम प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा रती थापाको लगानी छ । भने, एप्पल इन्टरटेनमेन्टका मनोज अधिकारी लाइन प्रोड्युसरका रुपमा रहेका छन् ।

लभस्टोरी जनराको यो सिनेमामा कुशल थापा, पुकार गौतम, संध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । सिनेमामा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।