छुल्ठिमको ‘डायरी’लाई के भन्यो सेन्सरले ?

छुल्ठिमको ‘डायरी’लाई के भन्यो सेन्सरले ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री छुल्ठिम गुरुङको निर्माणमा बनेको फिल्म ‘डायरी’ सेन्सर पास भएको छ । फिल्मका कुनै पनी दृश्य र संवाद नकाटिएको निर्देशक अनिल योन्जनले बताए ।

तर, फिल्ममा समावेश द्वन्दका दृश्यका कारण ‘डायरी’लाई फिल्म सेन्सर बोर्डले पीजी सर्टिफिकेट थमाईदिएको छ । अब यो रिभेञ्ज लभस्टोरी फिल्मलाई १६ बर्ष भन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्नेछ: सेन्सरले भन्यो । फिल्ममा अभिनेत्री छुल्ठिम गुरुङ र नवअभिनेता सन्नी सिंहको मुख्य भूमिका रहेको छ । अभिनेत्री रेखा थापा पहिलो पटक ‘डायरी’ मा भिलेनको भूमिकामा प्रस्तुत भएकी छन् ।