भूकम्प प्रभावित सहयोगार्थ ‘ब्वायफ्रेन्ड’को बिशेष शो सम्पन्न

भूकम्प प्रभावित सहयोगार्थ ‘ब्वायफ्रेन्ड’को बिशेष शो सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । प्रदर्शनको क्रममा रहेको सिनेमा ‘ब्वायफ्रेन्ड’को विशेष शो सम्पन्न भएको छ । राजधानीको विएसआर मुभिजमा गरिएको शोबाट उठेको केहि प्रतिशत रकम फिल्मीजुम फउण्डेशन मार्फत लमजुङका भूकम्प पिडित बालबालिकाको शिक्षाका लागि सहयोग गरिने फिल्मीजुम डटकमकी संचालक स्वस्तिका चिलुवालले बताइन ।

मदन घिमिरेको निर्देशन रहेको सिनेमाले अभिभावकको लापरबाहीले कति हदसम्म सन्तान बिग्रन सक्छन भन्ने सन्देस बोकेको छ ।लायनकृष्ण खनालको निर्माण रहेको सिनेमामा पुष्कर रेग्मी र महिमा सिलवालको मुख्य भुमिका छ । शो पश्चात अभिनेत्री महिमा सिलवालले आफुले यो सिनेमामा शतप्रतिशत दिएको र यो आफुले गरेको मध्येको उत्कृष्ट सिनेमा रहेको  जानकारी दिईन ।