ऐश्वर्य टिजर: प्रशान्तलाई किन चाहियो रमेशकी ‘ऐश्वर्य’ ?

ऐश्वर्य टिजर: प्रशान्तलाई किन चाहियो रमेशकी ‘ऐश्वर्य’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता रमेश उप्रेतीको निर्माण तथा अभिनय रहेको सिनेमा ‘ऐश्वर्य’को टिजर सार्वजनिक गरिएको छ ।

१ मिनेट २४ सेकेन्ड लामो टिजरमा सिनेमाका मुख्य कलाकारद्वय रमेश उप्रेती, दीपिका प्रशांई र प्रशान्त ताम्राकारलाई प्रस्तुत गरिएको छ । सार्वजनिक टिजरमा एक व्याक्य संवाद बोलेका प्रशान्तलाई नेगेटिभ भूमिकामा प्रस्तुत गर्न खोजिएको भान हुन्छ । टिजरमा रमेश र दीपिकाका कुनै संवाद छैनन् ।

दिवाकर भट्टराई निर्देशित सिनेमामा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेन्जु योन्जन , अर्जुन जंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ । सिनेमामा किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माता रहेका छन् भने, निर्मल शर्मा सह- निर्माता रहेका छन् । सिनेमामा दिर्घ खड्काको सम्पादन,  अर्जुन पोखरेल र बिराज गौतम संगीत , र  द्वन्द हिमाल केसीको रहेको छ ।

पहिले कार्तिक २ मा आउने भनेको सिनेमाले केहि दिन अगाडी मात्र रिलिज डेट एक साता पछी धकेलेको छ । अब सिनेमा छठ पर्वको अवसर पारेर कार्तिक ९ गते रिलिज हुनेछ ।