के छ ‘आधा लभ’मा ?, हेर्नुस ट्रेलर

के छ ‘आधा लभ’मा ?, हेर्नुस ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री ऋचा शर्माको निर्माणमा बनेको फिल्म ‘आधा लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १४ सेकेन्ड लामो ट्रेलर हेर्दा फिल्मले सहरी मुलको वर्तमान प्रेम/विछोडको कथा आत्मसात गरेको महशुस हुन्छ ।

अर्पण थापा निर्देशित फिल्मको ट्रेलरमा ऋचा शर्मा, अर्पण थापा, मिथिला शर्मा, टिका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही र विपिन मिकी गुरुङ लगायतका कलाकारहरुलाई प्रस्तुत गरिएको छ । निर्माण भएर पनि मिडियामा नआएको यो फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण युनिटले विहिबार प्रेसभेटघाट गरेको थियो । जहाँ फिल्मको बारेमा जानकारी दिईयो ।

फिल्मलाई निर्मात्रीले ऋचा फिल्मसको व्यानरमा निर्माण गरेकी हुन् । जेठ २६ लाई प्रदर्शन मिती तोकेको यो फिल्मको बारेमा बोल्दै शर्माले आफुहरुलाई उपयुक्त मिती हात लागेको बताइन । ‘हामीले सन् २०१६ को अक्टुबरबाट फिल्म निर्माणको थालनी गरेका हौ । तर, प्रदर्शन मिती राम्रो पाउँछ कि पाउदैन भनेर अन्योल थियो । फाईनल्ली पपकन पिक्चरले ‘आधा लभ’लाई जेठ २६ को उपयुक्त मिती तय गरिदिएको छ ।’

फिल्ममा कलाकारहरुको टुंगो पनि निर्मात्री स्वयमले लगाएकी हुन् । फिल्ममा टिसुजिल कर्मचार्यको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।