हलमा लाग्यो घाम ! तर, दर्शक ताप्न आउँलान त ?

हलमा लाग्यो घाम ! तर, दर्शक ताप्न आउँलान त ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीरको यो पुरै महिनालाई प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले ढाक्यो । महिनौ भरि चुनावनै लाइमलाइटमा हुँदा अन्य क्षेत्रका गतिबिधि भने छायाँमा परे । यसको असर सिनेमा क्षेत्रले पनि थेग्यो ।

२१ गतेको चुनाव सकिएसँगै सिनेमा क्षेत्रमा घाम लाग्ने संकेत देखिएको छ । तीन साता देखि हलमा दर्शक र फ्रेस सिनेमा नहुँदा सिनेमा क्षेत्रमा सन्नाटा छाएको थियो । अब, आशा गर्न सकिन्छ चुनावको पूर्ण परिणाम आईन्जेल सिनेमा क्षेत्र पहिलेकै स्थितिमा पुग्नेछ ।

चुनावको बीचमा नयाँ सिनेमा रिलिज गर्न निर्माता डराएपनि यो शुक्रबारबाट मैदानमा उत्रिन सुरु गरेका छन् । आज २२ गते दुई नयाँ सिनेमाले प्रदर्शन थालेका छन् । ‘दीपज्योति’ र ‘अन्डर-१९ उमेर बैशालु’ फ्रेस रिलिज हुँदा अघिल्लो बर्ष रिलिज भएको ‘सेतो सुर्य’ पुन: प्रदर्शनमा आएको छ ।

दुई ओटै फ्रेस रिलिजमा रजनी केसी मुख्य भूमिकामा छन् । त्यस्तै, ‘सेतो सुर्य’मा दयाहाङ राई मुख्य भूमिकामा छन् । रजनीका दुई सिनेमा केहि सिंगल पर्दामा र ‘सेतो सुर्य’ केहि मल्टीप्लेक्सबाट प्रदर्शनमा ल्याईएको हो ।

मंसीर अन्तिम सातासम्म चुनाव नतिजाकै चासो हुनेछ । यो बीचमा यी सिनेमाले कात्तिको दर्शक तान्न सक्लान् त ? अब पर्खेर हेर्न बाँकी छ !