चाइनिज टिभीमा आयो नेपाली फिल्म ‘सिन्दुर’

चाइनिज टिभीमा आयो नेपाली फिल्म ‘सिन्दुर’

द सिनेमा टाइम्स
0
Shares

पुरानो नेपाली फिल्म ‘सिन्दुर’ चीनको एक नाम चलेको टेलिभिजनबाट प्रसारण भएको छ । चिनको तिब्बतको टिभी सिजांग (XYTV/ Xizang) बाट नेपाली फिल्म ‘सिन्दुर’  तिब्बतीयन भाषानै प्रसारण भएको हो ।

उक्त टेलिभिजनले ‘सिन्दुर’को प्रशारण अधिकार लिई फिल्म प्रशारण गरेको जानकारीमा आएको हो । गत आइतवार राती नौ बजे ‘सिन्दुर’ सिजांग टिभीमा प्रसारण भएको हो ।  उक्त टेलिभिजनमा साप्ताहिक रुपमानै उत्कृष्ट नेपाली फिल्महरु प्रसारणमा आउने समेत श्रोतले बताएको छ ।

यसअघी भारतका केहि टेलिभिजनमा केहि चलेका राम्रा नेपाली फिल्म प्रशारण हुने भनिएता पनि उक्त काम हुन् सकेको थिएन । राम्रो फिल्म बनिरहेको ले र नेपाली फिल्म उद्योगको बढ्दो विकासक्रमले गर्दा बिश्वस्तरमा पनि नेपाली फिल्मको मार्केट बढिरहेको कुरा चिनिया टिभीमा नेपाली फिल्म देखाईनुलाई पनि लिन सकिन्छ ।

निर्देशक स्वर्गीय प्रकाश थापाद्वारा निर्देशित फिल्म सिन्दुरमा बिश्व बस्नेत, मिनाक्षी आनन्द, निर शाह, स्व.गोपालराज मैनाली, बसुन्धरा भुषाल, हरिहर शर्माका साथमा स्वर्गीय निर्देशक प्रकाश थापाको समेत अभिनय छ  ।