नेपाली र हिन्दी भाषामा बन्ने ‘द कर्मा’ घोषणा

नेपाली र हिन्दी भाषामा बन्ने ‘द कर्मा’ घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली सिनेमा ‘द कर्मा’को घोषणा गरिएको छ । भारतीय कलाकार दीपक आनन्दको मुख्य भूमिका रहने सिनेमाले कास्ट एण्ड क्रिउ सार्वजनिक गर्दै थिम पोस्टर पनि रिलिज गरेको छ ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बन्न लागेको सिनेमालाई विश्वदीप घिमिरेले निर्देशन गर्नेछन् । सिनेमामा भारतीय मोडेल करण अहुजा र नेपाली कलाकार क्षितिजा शाक्यको पनि मुख्य भूमिका रहनेछ । अहिले सिनेमाको लागि मुख्य अभिनेत्री फाईनल भैसकेकी छैनन् । ‘द कर्मा’ले शुभमुर्हत अगाडीनै मुख्य अभिनेत्रीको टुंगो लगाउँने छ । साथै कलाकारलाई २० दिनको वर्कसपमा राखिने निर्देशकले बताएका छन् ।

जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान सिनेमा ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । २०७४ भित्रै रिलीज लक्ष्य राखिएको यो सिनेमा कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । जय राज रायको कथामा रहेको यस सिनेमालाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् ।

जय राज राय र निशा खतिवडा निर्माता रहेको यो सिनेमा नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रोएले बताए ।