अस्ट्रेलियामा ‘सुनकेसरी’ बन्दै

अस्ट्रेलियामा ‘सुनकेसरी’ बन्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘सुनकेसरी’ बन्ने भएको छ । यो सिनेमाको एक समारोह विच अस्ट्रेलियाको सिड्नीमा शुभसाइत गरियो । सिनेमा निर्माण गर्नका लागि नेपालबाट निर्मात्री एवं नायिका ऋचा शर्मा र निर्देशक अर्पण थापा यतिबेला अस्ट्रेलिया पुगेका छन् ।

सिनेमालाई अस्ट्रेलियाका भिम न्यौपाने र ऋचा शर्माले मिलेर बनाउन लागेका हुन् । भने, ‘सुनकेसरी’मा अर्पण थापाको निर्देशन रहनेछ । सिनेमा तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित हुने कुरा बताइएको छ । सिनेमामा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र भिम न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरर जनरामा निर्माण हुने सिनेमा २ करोड बजेटमा निर्माण हुने बताईएको छ ।

सिनेमामा अस्ट्रेलियन प्राविधिकहरुलाई समेटिएको छ भने, सन् २०१८ को मध्यसम्म यो सिनेमा नेपाल र नेपाल बाहिर एकसाथ प्रदर्शन गरिने छ । शर्मिला सापकोटा र धर्मराज अधिकारीको सह-निर्माण रहेको सिनेमाका कार्यकारी निर्माता भने मनोज अधिकारी र अर्पण थापा हुन् । सिनेमाको छायाँकन  नेपाल र अस्ट्रेलियामा हुनेछ ।