अमेरिकाको मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा ‘देश खोज्दै जाँदा’ !

अमेरिकाको मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा ‘देश खोज्दै जाँदा’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । प्रकाश आङदेम्बे निर्देशित सिनेमा ‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवल अमेरिकामा छनोट भएको छ ।

अमेरिकाको पेन्सलभिनियास्थित फिलाडेल्फिया सिटीमा हुने तीन दिने फेस्टिभलमा ‘देश खोज्दै जाँदा’ नेपालबाट एक मात्र प्रतिनिधि हुनेछ । सिनेमा अगस्त १९ , शनिबार बिहान स्क्रिनिंग हुनेछ । नेपाल भाषी भुटानी शरणार्थीको कथामा आधारित सिनेमाको स्क्रिनिंगमा नेपालबाट आर्ट डिरेक्टर पल्हाद गुरुङ सहभागी हुनेछ ।

फेस्टिभलमा भारत, बंगलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडा लगायतका मुलुकका सिनेमा प्रदर्शन हुने आयोजकले जनाएको छ । यसअघि ‘देश खोज्दै जाँदा’ ‘दादा साहेब फिल्म फेस्टिभल’को टप ७ सम्म पुगेको थियो ।

साथै सिनेमाले दिकर्निस कलेज अफदि आर्टस वासिङटन–अमेरिका, युनिभर्सिटी अफतास्मानीया–अष्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अष्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी– दिअन्ने फ्रांकप्रोजेक्ट २०१५–न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज–डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले–नेदरल्यान्ड, बर्चफिल पेन्नी आर्ट सेन्टर–दिअन्ने फ्रांक प्रोजेक्ट २०१७ न्युयोर्क जस्ता युनिभर्सिटी र फिल्म फेस्टिवलहरुमा सहभागीता जनाइसकेको  छ ।

भदौ ८ मा नेपाल रिलिज हुन् लागेको सिनेमामा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरीता ओली, शिवशंकर थापा लगायतको कलाकारको अभिनय रहेको छ । भने, उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायाँकन र मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ । त्यसै गरी सिनेमामा श्रवण मुकारुङको गीत, आभासको संगीत र स्वरुपराजआचार्यको गायन रहेको छ ।