मौन अवधिमै भोट माग्दै कामेश्वर र नाजिर ! (भिडियो)

मौन अवधिमै भोट माग्दै कामेश्वर र नाजिर ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भोलि देशमा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनाव हुदैछ । निर्वाचन आयोगले भोलिको चुनावलाई मध्येनजर गर्दै मौन अबधि घोषणा गरिसकेको छ । मौन अवधिमा उम्मेदवारले कुनै पनि माध्यमबाट भोट माग्न र प्रचारप्रसार गर्न पाउँदैनन् ।

तर, अभिनेता कामेश्वर चौरसियाले नाजिर हुसेनका लागि युट्युबद्वारा भोट मागिरहेका छन् । उनिहरु ‘टाँगा’मा बसेर आफ्नो पार्टीको झण्डा फहराउदै भोट मागेर दर्शक अलमलमा पारेका छन् । तर, अलमलमा पर्नुपर्ने कारण नै छैन । किनकी, नजिरको लागि यो भोट रियलमा मागिएको भने होइन । सिनेमा ‘राज्जा रानी’को लागि हो । पुष २१ गते रिलिज हुने सिनेमाको युट्युबमा दोस्रो टिजर सार्वजनिक गरिएको छ । जहाँ यो दृश्य देख्न सकिन्छ ।

यम थापाको लेखन निर्देशन रहेको सिनेमामा नाजिर र कामेश्वरका अलावा केकी अधिकारीको पनि मुख्य अभिनय छ । ‘राज्जा रानी’ दिपक शर्मा/ताराप्रकाश लिम्बुको संगीत, राजेन्द्र थापा/यम थापाको शब्द, पुरुषोत्तम प्रधानको छाँयाकन, कविराज गहतराजको कोरियोग्राफी र रमेश एमके पौडेलको निर्माणमा बनेको हो ।

https://youtu.be/S3N_AmvoJYg