सन्तोषको ‘मेरी मामु’मा आयूबकी मामु कुसुम !

सन्तोषको ‘मेरी मामु’मा आयूबकी मामु कुसुम !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सफल सिरिज ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले निर्माण गर्ने आगामी सिनेमा ‘मेरी मामु’मा मुख्य कलाकार स्वरुप कुसुम गुरुङले डेब्यु गर्ने भएकी छन् ।
लण्डन निवासी यी सुन्दरीलाई निर्माण कम्पनि आशुसेन फिल्मसले मुख्य भूमिका अनुबन्ध गरेको हो । सिनेमाको लिडमा निर्माता सेनका ६ वर्षीय छोरा आयूब सेन यसघि नै फाइनल भैसकेका थिए । आमा-छोराको कथा बोल्ने ‘मेरी मामु’मा आयूबको मामुको भूमिकामा कुसुम रहने बताइएको छ । असार ३ बाट छायाँकनमा जाने सिनेमाका लागि आयूबले ६ महिना र कुसुमले ३ महिने अभिनय प्रशिक्षण लिइसकेका छन् ।
यम थापाको कथा/निर्देशनमा बन्ने सिनेमामा ‘प्रेमगीत २’ फ्रेम्ड अभिनेत्री अश्लेशा ठकुरीको पनि अभिनय रहने बताइएको छ । सिनेमाको अन्य कास्ट एण्ड क्रु सार्वजनिक गरिएको छैन । निर्माता सेनका अनुसार ‘मेरी मामु’को सबै कलाकार एक कार्यक्रम गरि सार्वजनिक गरिनेछ ।