तीन गाउँले युवकको कथामा ‘माछा माछा’ छायाँकन सुरु

तीन गाउँले युवकको कथामा ‘माछा माछा’ छायाँकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सिनेमा ‘माछा माछा’ बन्ने भएको छ । सुनिल गुरुङको निर्देशनमा बन्ने सिनेमाको सोमबार राजधानीस्थित गौरीघाटबाट छायाँकन पनि सुरु गरिएको छ । मुख्य तीन पात्रको रुपमा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे छन् ।

कमेडी जानरामा बन्ने ‘माछा माछा’मा  प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ (गाँठो डेब्यु अभिनेत्री), भोलाराज सापकोटा, कमलमणी नेपाल र पुस्कर लगायतको पनि अभिनय रहेनछ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा सिनेमालाई शिवराम श्रेष्ठले खिच्नेछन् ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमामा रामबाबू गुरुङ, मणिराम पोखरेल र ओमचंद्र रौनियारको लगानी छ । भने, शंकर पाण्डेको व्यवस्थापन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । १ महिनाको छायाँकन सेड्युल रहेको सिनेमालाई यहिँ वर्षको पुष/माघतिर प्रदर्शनमा ल्याइने लक्ष्य छ ।