जनचेतना फैलाउन सडकमा ‘लालटिन’ युनिट

जनचेतना फैलाउन सडकमा ‘लालटिन’ युनिट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । आज विश्व वातावरण दिवसको अवसर परेर सिनेमा ‘लालटिन’ टिम र ‘दारी ग्याङ’ले संयुक्त रुपमा साइकल र्‍यालीको आयोजना गरेका छन् । ‘स्वास्थ्यका लागी स्वच्छ वातावरण र स्वच्छ वातावरणका लागि साइकल’ भन्ने नारा सहित उक्त र्‍यालीको आयोजना गरिएको थियो ।

सिनेमाका कलाकार निर्जन थापा, राज कटुवाल, जनक बर्तौला लगायत निर्माता टिम भानु प्रताप, अनिम श्रेष्ठ, राज केसी सहित सिनेमाका अन्य कलाकार पनि उक्त र्‍यालीमा सहभागी भएका थिए । र्‍याली ठमेलबाट सुरु भएर लैनचौर हुदै पुतलीसडक, अनामनगर, माइतीघर हुदै फेरी ठमेलमै गएर सम्पन्न भएको थियो । र्‍याली निकै उत्साहजनक रुपमा सम्पन्न भएको दारी ग्याङका एडमीन अभिषेकले बताए ।

यहि जेष्ठ २६ गते प्रर्दशनमा आउन लागेको सिनेमा ‘लालटिन’को प्रचारप्रसारको साथमा वातावरण सम्बन्धी जनचेतना पनि होस् भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । देवकुमार श्रेष्ठको निर्देशनमा तयार सिनेमामा दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग साही, जनक बर्तौला, ए. गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमालाई भानु प्रताप , अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।