‘कागजपत्र’मा नाजिर र शिल्पा, अरु क-कस्को नाम अटायो ?

‘कागजपत्र’मा नाजिर र शिल्पा, अरु क-कस्को नाम अटायो ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नाजिर हुसेन र शिल्पाको मुख्य भूमिका रहने सिनेमा ‘कागजपत्र’को घोषणा गरिएको छ ।

राजधानीमा आयोजित एक प्रेसमिटमा सिनेमा घोषणा गर्दै निर्देशक अपिल बिष्टले ‘कागजपत्र’का नामहरु सार्वजनिक गरे । यसै साता देखि छायाँकनमा जाने सिनेमामा हाँस्य रस र सामाजिक व्यंग्य रहने ‘झुम्की’ निर्देशकले बताए ।

सिनेमामा नाजिर र शिल्पाका अलावा भोलाराज सापकोटा, सरिता गिरी, आर्जेश रेग्मी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, रञ्जना ओली, विशाल पहारी, भरत सापकोटा, भीम मैनाली, लोकेन्द्र लेखक र उज्जवल शर्माको पनि अभिनय रहनेछ ।

खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहने सिनेमाका निर्माता विषारद बस्नेत हुन् । सिनेमामा संगीत सापकोटाको संगीत, अष्ट महर्जनको द्वन्द, निमेष श्रेष्ठको सम्पादन र क्यासिमिर डीक्सनको छायाँकन रहनेछ । सिनेमाको सम्पूर्ण छायाँकन दाङ जिल्लामा हुनेछ । यसअघि ‘झुम्की’ पनि दाङ, बाँके लगायतका जिल्लामा खिचिएको थियो ।