आकाश र आश्माको मुख्य भूमिकामा ‘ड्रिम गर्ल’ बन्ने

आकाश र आश्माको मुख्य भूमिकामा ‘ड्रिम गर्ल’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘ड्रिम गर्ल’ बन्ने भएको छ । आर.बि मुभीज र रील एण्ड रिएल सिनेमा साउथ इन्डियाको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमालाई निर्देशक ऋषिराज आचार्यले निर्माण निर्देशन गर्नेछन ।

भोली शुक्रबारबाट फ्ल्वोरमा जाने फिल्म ‘ड्रिम गर्ल’को विहिबार काठमाण्डौको तारे होटल साम्बालामा एक कार्यक्रमका बिच शुभमुर्हत गरिएको थियो । अर्जुन शर्माको लगानी रहने सिनेमामा रामेश्वर धिताल सहनिर्माताको रुपमा रहने छन भने, रील एण्ड रिएल सिनेमा साउथ इन्डियाको तर्फबाट अन्टो रोचा रोबनको पनि लगानी रहने निर्देशक ऋषि आचार्यले बताए । फिल्म .ड्रिम गर्ल’मा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, विल्सनबिक्रम राई, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।

सिनेमाको शुभमुर्हतमा संविधानविद भिर्माजुन आचार्य, बरिष्ठ निर्देशक शम्भु प्रधान, नुतुन प्रधान, अशोक शर्मा, समाजसेवी इन्द्रा राना मगर लगायतका सिनेकर्मिले ‘ड्रिम गर्ल’लाई सफलताको शुभकामना दिएका थिए । नेपालको रारा ताल, मुस्ताङ र कतार लगायतका बिभिन्न देशमा खिचिने सिनेमामा अर्जुन पोख्रेलको संगीत,सम्राट बस्नेतको दन्द्ध र गम्भीर बिष्टको नृत्य निर्देशन रहनेछ ।