‘ब्ल्याक’को भिएफएक्स गर्न १ वर्ष लाग्यो !

‘ब्ल्याक’को भिएफएक्स गर्न १ वर्ष लाग्यो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘ब्ल्याक’को आधा लगानी यसको भिएफएक्समा खर्च भएको निर्देशक प्रदीप श्रेष्ठले बताएका छन् । नेपाली सिनेमाको बढ्दो आकर्षणलाई मध्येनजर गर्दै, त्यसमा प्रविधिको माध्यमबाट एउटा इट्टा थप्ने ‘ब्ल्याक’ले सहयोग गर्ने निर्देशक श्रेष्ठले दावी गरे ।

सिनेमाको पछिल्लो रिलिज गीत ‘पल पल हरपल’ बोलको गीतमा पनि भिएफएक्सका थुप्रै सिन समावेश गरिएको छ । यसलाई निर्देशकले एउटा उदाहरण मान्न पनि आग्रह गरेका छन् । सिनेमाको छायाँकनमा जति खर्च भएको छ, त्यति नै भिएफएक्स गर्दा खर्छ भएको र यसले ‘ब्ल्याक’मा भिएफएक्सको माध्यमबाट दर्शकले सौन्दर्य देख्न पाउनेछन् ।

भिएफएक्स गर्न मात्रै १ वर्ष लागेकोले पनि सिनेमा दर्शकले रुचाउनेमा श्रेष्ठ आशावादी छन् । सिनेमाको भिएफएक्सको काम समिर मिया र श्रीकृष्ण श्रेष्ठले गरेका हुन् ।

मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको मुख्य भूमिका छ ।

जेठ ११ गते प्रदर्शन हुने सिनेमामा रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द, अर्जुन जिसीको सम्पादन छ । सिनेमालाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।