दया, वर्षा र सुरक्षाको ‘भैरे’ अफिसियल घोषणा 

दया, वर्षा र सुरक्षाको ‘भैरे’ अफिसियल घोषणा 

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई, वर्षा सिवाकोटी र सुरक्षा पन्तको मुख्य भूमिका रहने ‘भैरे’ अफिसियल घोषणा भएको छ । सिनेमाले राजधानीमा विहिबार प्रेसमिट गर्दै पुजाआजा सम्पन्न गर्यो । सिनेमालाई एभरेस्ट सुर्य बोहराले निर्देशन गर्नेछन ।

बोहराले यसअघि ‘अग्निपरीक्षा’, ‘कान्छा’, ‘मुटु’ र ‘ठुली’ निर्देशन गरिसकेका छन् । निर्देशक बोहराकै लेखन रहेको सिनेमामा पटकथा/संवाद भने अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहनेछ  । ‘भैरे’मा माथि उल्लेखित कलाकारका अलावा सुनिल  थापा, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतका कलाकारको अभिनय रहनेछ । काठमाडौँ, पोखरा, मुस्ताङको लागि ४० दिन सेड्युल तयार गरिएको सिनेमालाई  पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालको संगीत रहने सिनेमाका निर्माता प्रेम प्रसाद पौडेल हुन् । सिनेमाको  कार्यकारी निर्माता देवि माया अधिकारी हुन्, भने यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह-निर्माता रहेका छन् ।