ऋषी धमलाकी पत्नी अब सिनेमाकी हिरोइन !

ऋषी धमलाकी पत्नी अब सिनेमाकी हिरोइन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘अनुराग’ घोषणा भएको छ । सत्यराज चौंलागाईले निर्देशन गर्ने सिनेमामा मोडल दीपक घिमिरे र एलिजा गौतमले डेब्यु गर्नेछन । एलिजा संचारकर्मी ऋषी धमलाकी पत्नी हुन् ।

राजधानीमा आयोजित ‘अनुराग’ घोषणा कार्यक्रममा ऋषी धमलाले दुई सन्तानकी आफ्नी पत्नीको सिनेमा खेल्ने चाहनालाई आफुले पुरा गरिदिएको बताउदै सबैलाई साथ/हौसला दिन आग्रह गरे । सत्यराजका लागि यो डेब्यु सिनेमा हो । यसअघि सत्यराजले हिट सिनेमा ‘म यस्तो गीत गाउँछु’मा सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।

सांगीतिक प्रेमकथामा बन्ने सिनेमामा तारा प्रकाश लिम्बु र सरोज पोखरेल संगीत, किरण दाहालको कथा रहनेछ । ‘अनुराग’मा पटकथा/संवाद निर्देशक चौलागाईं र आगत केसीको छ । १ करोड बजेटमा निर्माण हुने सिनेमालाई रामकुमार केसीले काठमाण्डौं, ईलाम र पोखरा लगायत स्थानमा खिच्नेछन् । सिनेमाको छायाँकन छट देखि सुरु हुनेछ ।