पुर्व मिस नेपालको ‘आउँदै जाँदै’लाई पति जिपीले निर्देशन गर्ने !

पुर्व मिस नेपालको ‘आउँदै जाँदै’लाई पति जिपीले निर्देशन गर्ने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पुर्व मिस नेपाल उषा खड्गी (२०००)ले सिनेमा निर्माण गर्ने भएकी छन् । उनले निर्माण गर्ने ‘आउँदै जाँदै’को आइतबार एक कार्यक्रमका बीच घोषणा गरियो ।

उषाले निर्माण गर्ने रोमान्टिक कमेडी सिनेमालाई उनका पति जिपी तिमल्सिनाले निर्देशन गर्नेछन् । जिपी लामो समय देखि मिडियामा आवद्द छन् । सिनेमामा २६ वर्षका युवाहरुको प्रेमकथालाई पर्दामा उतारिने जानकारी दिइयो ।

करिब १ करोडको बजेटमा निर्माण हुने सिनेमाका लागि कलाकारहरु तय भैसकेका छैनन् । चाडै नै कलाकार तय गरिने सिनेमाको छायाँकन तिहार पछी सुरु हुनेछ । काठमाण्डौं, पोखरा, चितवन र पश्चिम नेपालमा सिनेमाको छायाँकन गरिने निर्देशकले जानकारी दिए ।

सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाको लेखन रहेको रहेको सिनेमा ‘आउँदै जाँदै’ मा सन्तोष अधिकारी र मनोज बदेल सह निर्माताको रुपमा छन् ।