सम्भावना: केकीको लडाई बलिउड र हलिउडसँग !

द सिनेमा टाइम्स, काठमाडौँ – भारतको बहुप्रतिक्षित सिनेमा ‘२.०’ बैशाख १४ मा रिलिज हुने भएपछी यो मितिमा रिलिज हुने नेपाली सिनेमा ‘कोहलपुर एक्सप्रेस’लाई असर पर्ने भएको छ  । ‘२.०’ले नेपालका मल्टीप्लेक्स र सिंगलमा आफ्नो कब्जा जमाउनेछ  ।

‘कोहलपुर एक्सप्रेस’लाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेकी हुन्  । भारतीय सिनेमाको इतिहाँसमै महँगो बजेटमा निर्माण भएको ‘२.०’मा बलिउड सुपरस्टार अक्षय कुमार र तामिल सुपरस्टार रजनीकान्तको मुख्य भूमिका छ  ।

भारतमा ‘२.०’ भर्सेज ‘एभेन्जर:  इन्फीनिटि वार’

अमेरिकाको लागि ४ मेमा रिलिज मिति तोकेको ‘एभेन्जर:  इन्फीनिटि वार’ भारतमा भने अप्रिल २७ अर्थात बैशाख १४ मै आउने भएको छ  । यो हलिउड सिनेमाको भारत रिलिजलाई लिएर ‘२.०’को बक्सअफिस कलेक्सनमा असर पुग्ने भारतीय मिडियाहरुले लेखेका छन्  । भारत मितिमै नेपालमा पनि एभेन्जर:  इन्फीनिटि वार’ रिलिज भयो भने केकीको ‘कोहलपुर एक्सप्रेस’लाई झनै असर पर्नेछ । हलिउड सुपरहिरोको सिनेमा नेपालमा पनि प्रतिक्षित छ  । केहि समय अगाडी रिलिज भएको यसको ट्रेलर नेपाल युट्युब ट्रेन्डीङ नम्बर १ मा पनि आएको थियो  ।

यदि अमेरिकी डेट ४ मे मा नेपाल रिलिज हुँदा पनि ‘कोहलपुर एक्सप्रेस’ले दोस्रो सातामा धेरै हल पाउने छैन  । अहिले सिनेवृतमा केकीले सिनेमा पोस्टपोन्ड गर्नु विकल्प नरहेको सुझावहरु आईरहेका छन्  । हेरौ, केकीले सेफ ल्यान्डिङ खोज्छिन या त निर्धारित मितिमै सिनेमा रिलिज गर्छिन् !

यो पनि पढ्नुस:

Tension Rises for Keki : Rajanikanth & Akshay Kumar are the reason

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *